दोस्रो टी–२० मा मलेसियालाई नेपालले हरायो

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

महिला टी– २० द्विपक्षीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई हराएको छ। शनिबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। 

पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई ९२ रनको लक्ष्य दिएको थियो। ब्याटिङतर्फ सुरुका दुई बलमा दुई विकेट गुमाएको नेपालले पछि १६.२ ओभरमा ४ विकेट गुमाएर सहज जित हात पारेको हो। नेपालका लागि पूजा महतोले ३९ तथा इन्दु बर्माले २७ रन जोडे। 

पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। पाँच खेलको यो शृंखला १–१ को बराबरी भएको छ। 
 

सुझावित समाचार