नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ।
नेपाल सरकारबाट स्वीकृत अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन वायु सेवा कम्पनी तथा सरोकारवालालाई निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ। तोकिएकोभन्दा बढी भाडा लिने अवस्थालाई कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।
दसैँ, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक मागका कारण सहज उपलब्धता नहुने र महँगोमा बिक्री हुने सम्भावना न्यूनीकरण गर्न प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यका लागि अधिकतम भाडादर तोकेको हो।
