अरनिको राजमार्गसहित पाँच स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका– ४, चारकिलोमा पहिरोका कारण अवरुद्ध भएको हो।
त्यस्तै, पासाङ ल्हामु सडक गोसाइँकुण्ड– २ मा पहिरोका कारण अवरुद्ध हुन पुगेको छ। कोशी राजमार्ग संखुवासभाको दुई स्थानमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
आजदेखि विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक अवस्थामा मात्र लामो दूरीको यात्रा गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।
