जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्राकृतिक विपतको जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ र हेटौँडा–भैँसे–काठमाडौं सडकखण्डमा तीन दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार कान्ति लोकपथमा भोलि शुक्रबार अपराह्न ४ बजेदेखि असोज २० गते बिहान ६ बजेसम्म रातिको समयमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइनेछ।
त्यस्तै, हेटौँडा–भैँसे–काठमाडौं सडक खण्डमा भोलि शुक्रबार बेलुकी ५ बजेदेखि २० गते बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ।
मौसम विज्ञान विभागले असोज १५ गते जारी गरेको पूर्वानुमान सूचनामा आगामी दिनहरूमा भारी वर्षा र पहिरोको जोखिम उच्च रहेको जानकारी दिएपछि प्रशासनले यो कदम चालिएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई धनजनको क्षति हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ।
साथै, विपत् व्यवस्थापन र पूर्वतयारीका लागि जिल्लाभरका सबै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई समन्वयमा रहन पनि निर्देशन दिइएको सूचनामा उल्लेख छ।
कान्ति लोकपथ र हेटौँडा–भैँसे–काठमाडौं रुटमा तीन दिन राति सवारी आवागमनमा रोक
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
शनिबार १० बजेसम्मको मुख्य १० खबर
शनिबार १० बजेसम्म
कांग्रेस महाधिवेशन : सवारीसाधन पार्किङ कहाँ-कहाँ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदै छ। आइतबार दिउँसो २ बजे कांग्रेसको १५औँ महा…
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ। पार्टी महामन्त्री …
कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे …
फेवातालमा फसेका ७ पर्यटकको सकुशल उद्धार
कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा फसेका सातजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गर…
व्यावसायिक विश्वास नबढेसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष अग्रवाल
बुटवल। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी र व्यवसाय विस्तारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता व्यावसा…