बर्दियामा नालामा डुबेर एकजनाको मृत्यु भएको छ । नालामा डुबेर बारबर्दिया नगरपालिका– ५, गुमस्ताका ६२ वर्षीय फूलाराम थारूको मृत्यु भएको हो।
छारे रोगसमेत भएका थारू बुधबार दिउँसो करिब ४ बजे घरअगाडि नालामा मृत अवस्थामा फेला परेका थिए । नालामा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
उनले भने, ‘मृतक थारूको शवलाई पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।’