राष्ट्रपति रामचन्द्र पौडेलले आज हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।
राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिएको यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरे । विजयादशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवं मानव जातिको कल्याण गर्ने उनले विश्वास व्यक्त गरे ।