नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउन्डर वरीयतामा चौथो स्थानमा यथावत् रहेका छन् ।
आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयताअनुसार दीपेन्द्र चौथोमा यथावत् रहेका हुन्। नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेको थियो।
शृंखलामा उनले २ खेल मात्र खेलेका थिए। जहाँ उनको प्रदर्शन औसत मात्र रह्यो। रेटिङ २०९ बाट २१४ मा बढ्दा चौथोमा यथावत् रहेका हुन्।
अलराउन्डर वरीयताको शीर्ष स्थानबाट हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन्। पाकिस्तानका सायम अयुब शीर्षमा उक्लिएका छन्। तेस्रोमा अफगानका मोहम्मद नाबी छन्।
यस्तै, ब्याटिङमा आसिफ शेखको वरीयता सुधार भएको छ। उनी ३ स्थान सुधार गरेर ७७औँ स्थानमा पुगेका छन्। बलिङमा ललित ६ स्थान सुधार गरेर ५१औँ स्थानमा पुगेका छन्।