घटस्थापनायता ६ लाख बढीले छाडे काठमाडौं

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

सुझावित समाचार