श्रीमतीको हत्या आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खनारमा सुमन दाहालले आफ्नै निवासमा श्रीमती अनिशा भट्टराईको मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ।
दाहाल खोटाङको ऐँसेलुखर्क गाउँपालिका– १, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्। दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सुनसरीका एसपी केशव थेबेले बताए। पारिवारिक झगडामा उनले हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले शव पोस्टमार्टममा पठाएको छ।