युनिटी कप टी–२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्सको शारजहाँ क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इन्डिजको यो पहिलो जित हो ।
तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेल जितेकाले नेपालले वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।