चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी सुरु

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जले आज (सोमबार)देखि निकुञ्जमा जिप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जिप सफारीका लागि अनुमति दिइएको हो । गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरी जिप सफारी सुरु गरिएको हो ।

सुझावित समाचार