मुग्लिन-नारायणघाट सडकखण्डअन्तर्गत तुइनखोलानजिक फेरि पहिरो गएको छ । सोमबार बिहानदेखि तुइनखोलानजिक ढुंगा खस्न सुरु भएको थियो भने अहिले मध्याह्न १२ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो झर्ने क्रम जारी नै भएकाले पहिरो झर्न रोकिना साथ डिभिजनको तैनाथ अवस्थामा रहेको उपकरणबाट तत्काल पहिरो हटाउने कार्य सुरु हुने सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो अवधिभर रोकिएका सवारीसाधनहरूलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । पहिरो पन्छाउने काम जारी रहेको र थप पहिरो नगएमा आजै सडक सञ्चालनको तयारी भइरहेको डिभिजन सडक कार्यालय, भरतपुरले जनाएको छ।
सडक बन्द हुँदा दशैंमा गन्तब्यतर्फ जान लागेका हजारौं यात्रु अलपत्र परेका छन्।