जेन–जीको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई आइतबार नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने आर्थिक सहायता रकम १५ लाख हस्तान्तरण गरिएको छ ।
महानगरीय प्रहरी परिसर कोटेश्वरमा कार्यरत कास्कीकाे रूपा गाउँपालिका– ५, राम्दीस्थित घर भएका मृतक गुरुङकी श्रीमती कान्ति गुरुङलाई उक्त रकम बैंक खातामार्फत आइतबार हस्तान्तरण गरिएको हो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको जिल्ला सुरक्षा समितिका सदस्यहरू मृतकको घरमा पुगी पीडित परिवारलाई भेटी सहयोग रकमसँगै सान्त्वना दिई फर्केका हुन् ।
प्रदर्शनका क्रममा घाइते भएका उनको उपचारका क्रममा २५ भदौमा मृत्यु भएको थियो । ३१ वर्षीय गुरुङ ०७० सालमा प्रहरीमा भर्ना भएका थिए । गुरुङका बाबुसँगै श्रीमती र २२ महिनाका एक छोरा छन् ।