निर्माणधीन सानो गौचरण रंगशाला महिला फुटबलको लागि डेडिकेटेट ट्रेनिङ ग्राउण्डका रुपमा प्रयोग हुने भएको छ । काठमाडौं महानगरपालिकाले यस रंगशालालाई महिला फुटबलका लागि डेडिकेटेट ट्रेनिङ ग्राउण्डका रुपमा विस्तार गर्न लागेको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जलामार्फत एक वक्तव्य सार्वजनिक गर्दै भनेका छन्– बिगत केही वर्षदेखि महिला फुटबलले पाएको सफलता कसै माँझ लुकेको छैन । हामी काठमाडौ महानगरमा आएसँगै कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुबिधा सम्पन्न एउटा डेडिकेटेट टे«निङ ग्राउण्ड बनाउने थियो । जग्गा प्राप्तिमा केही समय लाग्यो । काठमाडौ वाडा नम्बर ५ ले सानो गौचरणको जग्गामा सहजीकरण गरेसँगै अहिले सानो गौचरन स्टेडियम (रंगशाला)को पुनःनिर्माणको काम धमाधम भइरहेको छ । मंसिर ०८१ मा पुनः निर्माण सुरु भएको रंगशाला चैतमसान्त ०८२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।
उनले उक्त स्टेडियममा ९६×६२ मिटरको रहेको र मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिने बताएका छन् । यस्तै, वरिपरि सीमा पर्खाल,
रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ राखिएको बताए । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा सातवटा महिलाका लागि र पाँचवटा पुरुषका लागि शौचालय हुनेछन् ।