माओवादीले जेन–जीलाई पार्टीका सबै कमिटीमा सहभागी गराउने

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कमिटीमा जेन–जीलाई सहभागी गराउने भएको छ। माओवादी केन्द्रीय समिति बैठकले पार्टीका सबै कमिटीमा जेन–जीलाई अधिकतम सहभागी गराउने निर्णय गरेको हो।

बैठकले पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, नेपोटिजमबारे नेताका पारिवारिक सदस्यहरूबारे निर्णय लिने माओवादीको निर्णय छ। बैठकले कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूबारे निर्णय लिने तथा संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने निर्णय गरेको हो।

सुझावित समाचार