जीवन बिमक संघको नयाँ कार्यसमिति गठन

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

जीवन बिमक संघ नेपालको नयाँ कार्यसमिति गठन गरिएको छ। गत २९ भदौ (सेप्टेम्बर १४)मा काठमाडौंमा सम्पन्न संघको छैटाैँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो।

सभाले सर्वसम्मत रूपमा प्रवीणरमण पराजुलीलाई अध्यक्ष चयन गरेको छ। पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन्। संघको उपाध्यक्षमा प्रकाशविक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल),  कोषाध्यक्षमा दिनेशलाल श्रेष्ठ (एसियन लाइफ) तथा सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बिमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) छन्।

संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बिमा क्षेत्रको विकास, बिमा सचेतना अभियान, जीवन बिमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बिमा सेवाको सर्वसुलभ विस्तार, बिमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नुपर्ने प्रभावकारी भूमिकाहरूमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

सुझावित समाचार