भारतीय नम्बरको बेवारिसे कारबाट ३४० किलो गाँजा बरामद

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ बाट प्रहरीले ३४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका– ५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा ३४० किलोग्राम गाँजा बरामद भएको हो।

गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

सुझावित समाचार