दसैँ मनाउन घर फकिर्नेहरूको नयाँ बसपार्कमा भिड

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

काठमाडौंबाट दसैँ मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणहरूको नयाँ बसपार्कमा भिड बढेको छ । नयाँ बसपार्कबाट लामो दूरीका बस छुट्ने गरेका छन् ।

दसैँमा बर्सेनि ठुलो संख्यामा उपत्यकाबाट सर्वसाधारणहरू बाहिरिने गरेका छन् । विद्यार्थीहरू छठपछि र अन्य कामकाजी सर्वसाधारण भने दसैँलगत्तै काठमाडौं आउने गरेका छन् । व्यवसायीहरूले पनि दिवा तथा रात्रिसेवामा बसको संख्या थपेर दसैँमा उपत्यकाबाट यात्रुहरू ओसार्ने गरेका छन् ।

पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू समयमै गन्तव्य पुग्न भने कठिनाइ भइरहेको छ ।

सुझावित समाचार