अन्तरिम सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

त्यस्तै, बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोकेको छ । यसअघि सरकारले ऐन ल्याएर जिल्ला प्रशासनमार्फत दर्ता र नवीकरण गर्ने निर्णय गरेपछि विवाद भएको थियो । 

बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमातहत सारिएको सञ्चारमन्त्री खरेलले जानकरी दिए। 
 

सुझावित समाचार