कर्णाली याक्स स्पोर्टस् प्रा.लि. र होटेल याक एन्ड यतीबीच सहकार्य भएको छ । बिहीबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटेल प्रतिनिधिबिच सम्झौतामा हस्ताक्षर भयो ।
यसअघि दोस्रो संस्करणका लागि पनि कर्णाली याक्सले हिल्टन होटेलसँग सम्झौता नवीकरण गरेको थियो । जेन–जी प्रदर्शनको क्रममा आगलागी भएपछि कर्णाली याक्सले याक एन्ड यतीसँग हस्पिटालिटी पार्टनरको रूपमा सम्झौता गरेको हो ।
प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्गस्थित याक एन्ड यती होटेलमै बस्नेछन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मंसिरबाट सुरु हुँदै छ ।
०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले उत्साहजन सहभागिताका लागि प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।