पहिरोका कारण प्रमुख पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण संखुवासभाको भोटखोला गाउँपालिका- ४, वरुणस्थित कोशी राजमार्ग, संखुवासभाको मकालु गाउँपालिका- ३, एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका- २, पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका- ४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बागलुङस्थित कालीगण्डकी करिडोर, रसुवास्थित त्रिशूली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । 

सुझावित समाचार