दसैँलाई काठमाडौं आइपुगे च्याङ्ग्रा [तस्बिरहरू]

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा आइपुगेका छन्। व्यवसायीले मनाङ, मुस्ताङलगायतका जिल्लाबाट काठमाडौं उपत्यकाका उपभोक्तालाई च्याङ्ग्रा बिक्री गर्न ल्याएका हुन्।

औसत ३५–४० किलो तौलका जिउँदो च्याङ्ग्रा प्रतिकिलो १२ सयदेखि १२ सय ५० रुपैयाँसम्मका दरले बिक्री भइरहेकाे व्यापारीहरू बताउँछन्। यो वर्ष १२ हजारको संख्यामा च्याङ्ग्रा बिक्री हुने अनुमान छ। 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ सय च्याङ्ग्रा ल्याएर बिक्री गर्ने योजना बनाए पनि यसपालि नल्याउने निर्णय गरेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार