आन्दोलनमा कारागारबाट भागेका शर्मा पक्राउ

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

आन्दोलनका क्रममा कारागारबाट भागेका सहकारी ठगीका अभियुक्त पक्राउ परेका छन्। शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सानेपाबाट पक्राउ गरेको हो। 

उनी गत २४ भदौमा भागेका थिए। कारागार फर्कन आह्वान गर्दा पनि उनी लुकेर बसेका थिए। सिआइबीको टोलीले पक्राउ गरी उनलाई कारागार चलान गरेको छ। शर्माले सहकारीको १० अर्बभन्दा धेरै हिनामिना गरेका थिए। 

सुझावित समाचार