चाडपर्वमा आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु, नेपालसँग सहकार्य गरेको छ । जसअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गरेर बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गर्दा पाँच हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वको समयमा मात्र लागू हुने उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया सोरुमहरूमा उपलब्ध हुने बताइएको छ । यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्न ग्राहकले भुक्तानी गर्नुअघि सोरुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ ।
एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजना निरन्तर ल्याउँदै आएको छ । बैंकले हाल देशभर दुई सय दुई शाखा, एक सय ८७ एटिएम र नौवटा विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।