हामी संक्रमणकालको शृंखलामा प्रवेश गर्‍यौँ : अधिवक्ता दाहाल

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालीन मात्रै हुन सक्ने अनुमान गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अधिवक्ता दाहालले  नेपालले संक्रमणकालको विभिन्न शृंखलामा प्रवेश गरेको बताएका हुन् । 

‘चुनावपछिको सरकार पनि संक्रमणकालीन सरकार बन्न सक्ने अवस्था देखिन्छ । संक्रमणकालमा प्रवेश गर्दै गर्दा सीमित परिधिमा बसेर आर्थिक पक्षलाई कसरी सम्बोधन गर्न सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने । 

भ्रष्टाचारको विरोधमा आन्दोलन भएको भन्दै उनले आर्थिक रूपान्तरणका लागि नयाँ आइडिया ल्याउने हो कि हामीसँग भएको तथ्यको आधारमा नयाँ खाका कोर्न सक्छौँ कि सक्दैनौँ भन्ने हेर्नुपर्ने बताए । सरकारमार्फत आर्थिक रूपान्तरणका लागि अध्यादेश जारी गराउन सकिन्छ भन्दै गर्दा राजनीतिक परिस्थिति पनि हेर्नुपर्ने उनले तर्क गरे । 

‘यसअघि हामीले आर्थिक सुरक्षाका कुरा गर्दै आएका थियौँ । तर, अब भौतिक सुरक्षालाई पनि सँगसँगै लिएर जानुुपर्ने भयो । सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ । यसका लागि उदाहरणीय काम पनि गर्नुपर्छ,’ दाहालले भने ।

सुझावित समाचार