तस्बिरमा हेर्नुस् मटिहानीको शान्ति कलश यात्रा

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

दुर्गा पूजाको अवसरमा मटिहानी नगरपालिकामा शान्ति कलश यात्रा निकालिएको छ।  घटस्थापनाको शुभ साइतमा निकालिएको कलश यात्राले नगर परिक्रमा गर्दै विश्व शान्ति र मानव कल्याणसँगै मंगलको कामना गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डललगायत विशिष्ट व्यक्तित्वहरूको सहभागितामा निकालिएको कलश यात्रामा हजारौँले सहभागिता जनाएका थिए।

कलश यात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिर प्राङ्गणबाट शुभारम्भ गरी नगरका मुख्य–मुख्य मार्ग हुँदै सीमापारी भारतको मधवापुर प्रवेश गरी यात्रा पूरा गरेको छ। 

नेपालको मटिहानी तथा भारतको मधवापुरमा हुने दुर्गा पूजामा कलश यात्रा तथा विसर्जन यात्रा दुवै देश आउने–जाने गरेको छ।

श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीको विशेष पहलमा आयोजना गरिएको शोभा यात्रामा दुर्गा भवानीको नौ वटा शक्तिपीठको प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहको सहभागिता थियो।

सुझावित समाचार