पवनदूतको प्रदूषणरहित महेन्द्रनगर–दिल्ली यातायात सेवा

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर–दिल्ली रुटमा यातायात सेवा स्तरवृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधनमा प्रदुषणरहित योजना ल्याएपछि त्यसैअनुरुप पवनदुतले आफ्ना सवारीसाधानमा स्तरवृद्धि गरेको हो । 

सोमबारदेखि प्रदुषणरहित आधुनिक बस सेवा सञ्चालन गरेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहराले नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत यस अघिदेखि सञ्चालन हुँदै आएका बसको स्तरवृद्धि गरेको बताए । झण्डै एक करोड ३० लाख मूल्य पर्ने उक्त आधुनिक बस स्तरीय छन् ।

अध्यक्ष बोहराका अनुसार दैनिक पवनदुतको एउटा बस छुट्दै आएको छ । उनले जाँचपास, ब्लुबुक, रुटपरमिट संस्थाले नै बेहोर्दै आएको बताए । सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधवप्रसाद भट्टले दैनिक महेन्द्रनगर टु दिल्ली रात्रीकालिक बस सेवा नियमित भइरहेको बताए । स्तरीय बसमा यात्रा गर्न पाएपछि रोजगारी, अध्ययन, व्यवसायिक एवं समाजिक कामका लागि दिल्ली जाने वा दिल्लीबाट महेन्द्रनगर आउने यात्रुलाई सुविधा भएको छ ।
 

सुझावित समाचार