आन्दोलनका घाइतेले भेटे गृहमन्त्री : आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

 जेन–जी आन्दोलनका घाइतेहरू सिंहदरबार पुगेर आक्रोश व्यक्त गरेका छन् । आफूहरूलाई उपेक्षा गरेको र अन्य समूहले नै जेन–जी आन्दोलन हाइज्याक गरेको उनीहरूको आरोप छ । उनीहरूले आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सुरुमा गृह मन्त्रालय पुगेर उनीहरूले मन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका थिए । भेटमा उनीहरूले आन्दोलनका घाइते आफूहरू भएको, तर सुदन गुरुङले आन्दोलनको अपनत्व लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । जेन–जी समूहको प्रतिनिधित्व र निर्णय प्रक्रियामा आफूहरूलाई पनि सहभागी गराउन उनीहरूको माग छ ।

गृह मन्त्रालयपछि उनीहरू प्रधानमन्त्री कार्यालयसमेत पुगेका थिए । तर, उनीहरूको प्रधानमन्त्री सुशीला कार्कीसँग भने भेट भएन । त्यसपछि निस्कने क्रममा उनीहरूले नाराबाजीसमेत गरेका थिए । 

सुझावित समाचार