बजार परिसूचक नेप्सेमा आइतबार तेहेरो अंकको सुधार देखिएको छ । जेन-जी आन्दोलनका कारण लामो समय बन्द भएर गत बिहीबार खुलेका नेप्से १६० अंकले घटेको थियो ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार भने १११.७० अंकले बढेर नेप्से २६२३.६२ विन्दुमा पुगेको छ ।आइतबार कारोबारमा आएका २२४ कम्पनीको सेयरमा वृद्धि भएको छ भने २८ वटाको घटेको छ।
कारोबार रकममा पनि गत बिहीबारको तुलनामा उल्लेख्य वृद्धि भएको छ । गत बिहीबार ७२ करोडमा सीमित भएको करोबार आइतबार नाै अर्ब नाघेको छ । आइतबार ३२९ स्टकको एक लाख आठ हजार ९०८ पटकको कारोबारमा नाै अर्ब १७ करोड ९५ लाख ७३ हजार मूल्यबराबरको दुई करोड ३२ हजार २२४ सेयर खरिद–बिक्री भएको छ ।