सानिमा बैंकको लाभांश प्रस्ताव सञ्चालक समितिबाट पारित

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

सानिमा बैंक लिमिटेडकाे नगद लाभांशसम्बन्धी प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ। असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. ०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ छ । कुल ७.३६८५ प्रतिशत नगद (करसहित) लाभांशमा एक अर्ब ७ लाख रुपैयाँ ५४ हजार ७००.१५ बराबरको वितरण हुने बैंकले जनाएको छ। 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारणसभाबाट अनुमोदन भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ।

सुझावित समाचार