नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा वितरण

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ। पहिरोका कारण सयौँ सवारीसाधन सडकमा रोकिएका छन् भने यात्रुहरू घण्टौँसम्म अलपत्र परेका छन्।

सडक अवरुद्ध भएपछि यात्रुहरूको बिजोग भएको छ। लामो समयदेखि बाटोमा रोकिएका यात्रुहरूलाई आइतबार चितवन जिल्ला सुरक्षा समिति, स्थानीय निकाय र व्यवसायीको सहयोगमा खाजा र पानी वितरण गरिएको छ।

पहिरो हटाउन डोजरलगायतका उपकरण परिचालन गरिएको भए पनि निरन्तर पहिरो खसेका कारण सडक खुलाउने कार्यमा कठिनाइ भएको बताइएको छ। प्रशासनले यात्रुहरूलाई धैर्य गर्न आग्रह गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

सुझावित समाचार