ललितपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको ज्यान गएको छ।
गोदावरी नगरपालिका– १२, ठेचोस्थित सडकमा बा.३ क २८४५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलचालक ललितपुर ठेचो बस्ने कैलाली घर भएका ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्यांकरचालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।