काठमाडौंका एसएसपी फेरिए

बिहिबार, २ असोज, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी प्रमुख परिवर्तन गरेको छ । यसअघि कार्यरत एसएसपी विश्व अधिकारीलाई हटाएर एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ । 

एसएसपी थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 

पछिल्लो आन्दोलनमा काठमाडौं प्रहरीले राम्रो काम गर्न नसकेपछि एसएसपी हटाइएको हो । यसअघि परिसरका दुई एसपीको पनि अन्यत्र सरुवा भइसकेको छ। 
 

सुझावित समाचार