प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता

बिहिबार, २ असोज, २०८२
डिजिटल संस्करण

अमेरिकी राजदूत डिन थम्पसनले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।

बिहीबार भएको भेटमा राजदूत थम्पसनले हालैका प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याए।

अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघिदेखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपत् व्यवस्थापन र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा  रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरे, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल र समृद्ध बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सुझावित समाचार