नेपाल प्रहरीका ४८ एसपीको सरुवा, पर्सामा सुदीप पाठक, बाँकेमा अंगुर जिसी

बुधबार, १ असोज, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले ४८ एसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख फेरिएका छन्। 

पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे, भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ। त्यस्तै, कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुको सरुवा भएको छ। 

सुझावित समाचार