घट्यो सुनचाँदीको मूल्य

बुधबार, १ असोज, २०८२
डिजिटल संस्करण

बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा  एक हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा  ४५  रुपैयाँले घटेकाे छ ।  सुनको मूल्य तोलामा  दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा  ४५  रुपैयाँले घटेर रु. दुई हजार ५५० मा किनबेच हुँदै छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
 

सुझावित समाचार