सानो मन्त्रिमण्डल बनाउने तयारी, उपप्रधानमन्त्री नराखिने

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले सानो मन्त्रिमण्डल बनाउने भएकी छिन्। एकै मन्त्रीले २-३ वटा मन्त्रालय सम्हाल्ने गरी मन्त्रिमण्डल बनाउन लागिएको छ। हाल २१ वटा मन्त्रालय छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार कसैलाई पनि उपप्रधानमन्त्री नबनाइने भएको छ। अर्थमा पूर्वसचिव रामेश्वर खनालको नाममा सहमति जुटेको छ। त्यस्तै, ऊर्जासहित प्राविधिक विषयसँग सम्बन्धित मन्त्रालय कुलमान घिसिङलाई दिन लागिएको छ। अधिवक्ता ओमप्रकाश अर्यालको पनि मन्त्री हुने सम्भावना उच्च छ। मिलेसम्म आजै केही मन्त्री नियुक्तिको तयारी भइरहेको बालुवाटार स्रोत बताउँछ। 

सुझावित समाचार