‘जेन-जी’को प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरीको दाहसंस्कार

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

‘जेन-जी’को प्रदर्शनमा क्रममा मृत्यु भएका नेपाल प्रहरीका अमृत गुरुङको शनिबार दाहसंस्कार गरिएको छ। कास्कीको रूपा गाउँपालिका-५, राम्दीस्थित घर भएका गुरुङ महानगरीय प्रहरी परिसर कोटेश्वरमा कार्यरत रहेका थिए। 

प्रदर्शनका क्रममा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। मृतक गुरुङको शनिबार रूपा- ५ स्थित रामादीमा दाहसंस्कार गरिएको हो। 

मृतका गुरुङका बाबुसँगै श्रीमती र २२ महिनाका एक छोरा रहेका छन्। ०७० सालमा प्रहरीमा भर्ना भएका ३१ वर्षका उनी ०५१ सालमा जन्मेका थिए।
 

सुझावित समाचार