नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा संसद् विघटनका लागि सिफारिस

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रूपमा शपथ लिएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगेलगत्तै उनले संसद् विघटनको सिफारिस गरेकी हुन्। 

प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । 
 

सुझावित समाचार