एनसेलले थप्यो नि:शुल्क भ्वाइस कल र इन्टरनेट सुविधाको समय

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

दूरसञ्चार सेवाप्रदायक एनसेलले नि:शुल्क डेटा, लोकल भ्वाइस कल र एसएमएस सेवाको समय थपेको छ । एनसेलले सुरुमा यो सुविधा मंगलबार र बुधबार दुई दिनका लागि उपलब्ध गराएको थियो । उक्त सेवा शुक्रबारसम्मका लागि जारी रहने कम्पनीको भनाइ छ । 

‘हालको परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरूलाई प्रदान गरिएको नि:शुल्क डेटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भदौ २७ गते शुक्रबारसम्मका लागि बढाइएको जानकारी गराउँछौँ,’ एनसेलको भनाइ छ । यो सेवाले आफ्ना प्रियजनसँग सहजै सम्पर्कमा रहन सहयोग पुर्याउने कम्पनीको विश्वास छ । 

जेन–जी प्रदर्शनका क्रममा २३ र २४ गते काठमाडौंसहितका विभिन्न जिल्लामा प्रदर्शन भएको थियो । प्रदर्शनको दोस्रो दिन अर्थात् २४ भदौमा प्रदशर्नकारीले कम्पनीको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनीसमेत गरेका थिए । यही परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले नि:शुल्क डेटा, लोकल भ्वाइस कल र एसएमएस सेवा उपलब्ध गराएको हो । 
 

See More On

सुझावित समाचार