बर्दियाको ठाकुरबाबामा गएराति आएको बाढीले दुई सयभन्दा बढी घर डुबानमा

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

गएराति बर्दियाको ठाकुरबाबा नगरपालिकामा आएको बाढीले करिब दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । बिहीबार साँझ गिठेनाला र ओहरीबाट आएको बाढीले ठाकुरबाबा नगरपालिकाको वडा नं. ६, ७ र ८ का करिब दुई सयभन्दा बढी घर डुबानमा परेका हुन् ।

बाढीले कर्मला, कालीगौडी, सुन्दरपुर, मुक्तिपुर, जाउला खोखरपुर, गोब्रेला, तल्लो बनखेत, माथिल्लो बनखेत, चिटकैयालगायत आसपासको बस्ती जलमग्न भएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र ठाकुरबाबाले जनाएको छ । 

बाढीमा परेमा स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय र जनप्रतिनिधिको सहयोगमा उद्धार कार्य भइरहेको नगर उपप्रमुख विना भट्टराईले बताइन् ।

उनले भनिन्, ‘बाढीमा मानवीय क्षति भएको छैन । बाढी प्रभावितहरू कोही घरको छतमा बस्नुभएको छ भने केहीलाई विद्यालयमा राख्ने काम भएको छ । आज दिनभरमा बाढीमा परेकालाई एक ठाउँमा बस्ने बन्दोबस्त मिलाउने काम हुन्छ ।’
 

See More On

सुझावित समाचार