नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र लोकतन्त्रको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २३ र २४ गते जेन–जी समूहको आन्दोलनका कारण देशमा पुगेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
जेन–जी पुस्ताले उठाएका मागहरू संविधानासम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्तिसुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाप्रति सराहना गरे । उनले आवश्यक सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरे । प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नहुन सबैलाई आग्रह गरे । संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्ण निकासको पक्षमा लाग्न अनुरोध गरे ।