बैंकका केही शाखा तोडफोड, नगद सुरक्षित

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

दुई दिनसम्म चलेको जेन–जी आन्दोलनले बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यालय तोडफोड भए पनि नागरिकको बचत सुरक्षित रहेको छ । प्रदर्शनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखालगायतका कार्यालय तोडफोड भएका थिए । 

यद्यपि, नागरिकको बचत सुरक्षित भएको बैंकहरूको भनाइ छ । उक्त बचत बैंकको दायित्वभित्र भएका कारण नागरिकको बचतमा कुनै पनि समस्या नआउने बैंकहरूको भनाइ छ । त्यसमाथि नगदमा कुनै नोक्सानी नभएको बैंकर्स संघका अधिकारीहरू बताउँछन् । अहिले बैंकिङ प्रणालीमा ७२ खर्ब ५९ अर्ब रुपैयाँ बचत छ । वाणिज्य बैंकमा मात्रै ६५ खर्ब सात अर्ब रुपैयाँ बचत छ । त्यसमा सबैभन्दा धेरै बचत व्यक्तिगत खातामा छ । प्रणालीमा यतिका धेरै बचत भए पनि नगद भने आंशिक अनुपातमा हुन्छ । 

यता सुरक्षाकर्मीले पनि बैंकहरूमा तोडफोड गर्ने प्रदर्शनीलाई पक्राउ गरिसकेको छ । प्रदर्शनकारीले एटिएमलगायतको पैसा राख्ने मेसिन तोडफोड गर्न खोजेका थिए । तर, मेसिनको बनावटका कारण त्यो सम्भव भएन । हालसम्म नागरिकको नगद सुरक्षित रहेको बैंकहरूको भनाइ छ । 

यद्यपि, बैंकका कार्यालयका झ्याल–ढोकालगायतका फर्निचर सामग्रीमा क्षति पुगेको छ । साथै, कार्यालयभित्रका कम्प्युटरमा पनि क्षति पुगेको छ । तर, नगदमा क्षति नपुगेको बताइएको छ । 

See More On

सुझावित समाचार