सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहितका कैदीबन्दी राति नै निस्किए

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब तीन हजार कैदीबन्दी मंगलबार राति नै निस्किएका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित कैदीबन्दीहरू निस्किएका हुन्। 

कारागार प्रशासनका अनुसार सुरक्षाकर्मी थोरै हुँदा निस्कने क्रममा कैदीबन्दीलाई नियन्त्रण गर्न सकिएन। सुन्धाराकै महिला बन्दीगृहबाट पनि कैदीबन्दी भागेका छन्। 

नक्खु कारागारबाट पनि सबैजना मंगलबार नै निस्किएका थिए। डिल्लीबजार कारागारबाट पनि निस्कने प्रयास गरेकोमा नेपाली सेनाले केहीलाई स्थानान्तरण गरेको छ। 

सुझावित समाचार