सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रारले सूचना जारी गरेर अदालत पूर्ण रूपमा जलेको र अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर र इजलाससमेत जलेको हुनाले मुद्दाकाे सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए ।

उनले अर्काे सूचना जारी नभएसम्म पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने बताए । यसबाट सर्वसाधारण सेवाग्राहीमा परेको असुविधाप्रति अदालतले दुःख व्यक्त गरेको छ। 

सुझावित समाचार