काठमाडौंका दर्जनौँ प्रहरी कार्यालयमा आगजनी, केही प्रहरीको मृत्यु

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

मंगलबार भएको आन्दोलनमा काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी भएको छ। रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयसहित दर्जनौं कार्यालयमा तोडफोड भएको छ । 

स्थिती नियन्त्रणबाहिर पुगेपछि प्रहरीले कार्यालय छाडेर हिँडेका थिए। उपत्यका ट्राफिक कार्यालयमा आगजनी, तोडफोड र लुटपाट समेत भएको छ। ज्यान जोगाउन कतिपय प्रहरीले गोली चलाएका थिए। 

आन्दोलनकारीको आन्दोलनमा कोटेश्वर, महाराजगञ्ज क्षेत्रमा केही प्रहरीको मृत्यु भएको थियो। स्थिती नियन्त्रण बाहिर पुगेकाले प्रहरीको सिस्टम नै अस्तव्यस्त भएको छ। 

सुझावित समाचार