सेना प्रमुखसँग वार्ता गर्न तयार हौँ, त्यसअघि संसद् विघटन अनिवार्य : बालेन

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।

उनले अब जेन–जी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद् विघटन अनिवार्य भनेका छन् ।

उनले लेखेका छन्
हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

तर याद रहोस्– वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।

सुझावित समाचार