हेटौँडामा भइरहेको प्रदर्शन तीव्र बन्दै जाँदा प्रदर्शनकारीहरूले प्रमुख राजनीतिक दलका कार्यालयमाथि समेत आक्रमण भएको छ। मंगलबार दिउँसो प्रदर्शनकारीकाे एक समूह नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यलय र नेकपा (एमाले) मकवानपुर जिल्ला कार्यालयमा आगजनी गरेका छन्। उनीहरूले एमालेका प्रमुख सचेतक महेश बर्तौलाको घरमा पनि तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले ढुंगामुढा गर्दै कार्यालय परिसरमा प्रवेश गरेर आगजनी गरेका थिए । यस क्रममा उनीहरूले कार्यालयका गेट र साइनबोर्डमा तोडफोड गरेका छन् । समयमै सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि भने ठुलो क्षति हुनबाट जोगिएको ।
मकवानपुर प्रहरी प्रमुखले स्थिति नियन्त्रणमा रहेको दाबी गर्दै थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको बताएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रशासन कार्यलयले राति १२ बजेसम्म बजार क्षेत्रलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ।