२०३७ सालमा हत्या, २०८२ मा पक्राउ

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

०३७ सालमा भएको एक हत्या घटनामा अदालतबाट समेत दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का ७० वर्षीय जीवनाथ तिमल्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो। 

२०३७ सालको ७ कात्तिकमा गाउँकै जितबहादुर तामाङलाई खुर्सानी हालेर कुटपिट गरेको र पछि खुकुरी हानेर हत्या गरेको घटनामा उनी फरार थिए। अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएकोमा फैसला कार्यान्वयनको क्रममा उनलाई आइतबार काठमाडौंको ताहाचलबाट पक्राउ गरी अदालतमार्फत डिल्लीबजार कारागार चलान गरिएको सिआइबीका एसपी युवराज खड्काले बताए। अपराध गरेर भागेको ४५ वर्षपछि उनी कानुनी दायरामा आएका हुन्। 

See More On

सुझावित समाचार