राप्रपाले जिएसआई प्रस्तावबारे माग्यो प्रधानमन्त्रीको जवाफ

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएकाले प्रधानमन्त्री केपी ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद जबराले जिएसआईका सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर के भएको हो जवाफ दिनुपर्ने बताएका हुन् । 

‘छलफलको एजेन्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय आएको छ,’ राणाले संसदमा प्रश्न गर्दै भने, ‘यस सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ ।’

See More On

सुझावित समाचार